अमेरिका–इरान तनाव कम गर्न शहबाज शरीफ पनि वार्तास्थलमा

1.5k Shares

काठमाडौँ । अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा हुन लागेको उच्चस्तरीय वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुने भएका छन्। क्षेत्रीय तनाव कम गर्न र दुवै पक्षबीचको संवादलाई सहज बनाउन पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानका तर्फबाट विदेशमन्त्री अब्बास अराघचीसहित वरिष्ठ अधिकारीहरू सहभागी हुने जनाइएको छ। वार्ता स्विट्जरल्यान्डको बुर्गेनस्टक क्षेत्रमा गोप्य रूपमा सञ्चालन हुने भएको छ।

पाकिस्तानले यसअघि पनि अमेरिका–इरानबीचको सहमति प्रक्रियामा सक्रिय भूमिका खेलेको थियो। प्रधानमन्त्री शरीफले दुवै देशबीचको शान्ति प्रयासलाई निरन्तरता दिन आफ्नो देश प्रतिबद्ध रहेको बताएका छन्।

लेबनानमा जारी तनाव, इजरायल–हिजबुल्लाह द्वन्द्व र होर्मुज जलडमरूमध्यको अवस्थाबीच हुन लागेको यो वार्तालाई मध्यपूर्वको स्थायित्वका लागि महत्वपूर्ण रूपमा हेरिएको छ

सम्बन्धित समाचार