काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशन असार ७ देखि ९ गतेसम्म आयोजना गरिएको हो।
पार्टी स्थापना भएको चार वर्षपछि हुन लागेको यो महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशनलाई रास्वपाको भावी नेतृत्व, नीति तथा संगठनात्मक संरचना तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
रास्वपाले महाधिवेशन तयारीका लागि केन्द्रीय तहका नेताहरू सम्मिलित मुख्य आयोजक समिति गठन गरिसकेको छ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ।
चितवनमा हुने यस ऐतिहासिक महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक कार्यदिशा र रणनीतिबारे पनि निर्णय हुने अपेक्षा गरिएको छ। पार्टीभित्र सभापति रवि लामिछानेको नेतृत्व निरन्तर रहने सम्भावना बलियो रहेको बताइएको छ।