नयाँदिल्लीमा रवि लामिछानेको तस्वीरसहित स्वागत सन्देश

2k Shares

दिल्ली । नयाँदिल्ली भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने का तस्वीरहरू दिल्लीका सडकमा देखिन थालेका छन्। भारत भ्रमणका क्रममा उनको स्वागत तथा राजनीतिक भेटघाटलाई लक्षित गर्दै विभिन्न स्थानमा उनका तस्बिरसहितका पोस्टर राखिएको बताइएको छ।

पार्टी स्रोतका अनुसार लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा गएका हुन्। भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक व्यक्तित्व, नीति निर्माताहरू तथा नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

दिल्लीका केही सडक र सार्वजनिक स्थानमा राखिएका पोस्टरमा लामिछानेको तस्वीरसँगै स्वागत सन्देशसमेत समावेश गरिएको छ। उनको भ्रमणलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक चर्चा भइरहेको छ।

सम्बन्धित समाचार