विद्यालय सञ्चालन सहज बनाउन स्थानीय तहको साथ खोज्दै शिक्षा मन्त्रालय

2.6k Shares

काठमाडौँ । आइतबारदेखि देशभरका विद्यालय पुनः सञ्चालन हुने भएपछि विद्यालय सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहयोग मागेको छ ।

स्थानीय तहमार्फत विद्यालय सञ्चालन, शिक्षक व्यवस्थापन तथा शैक्षिक गतिविधिको समन्वयमा सहजीकरण गरिदिन शिक्षा मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयका अनुसार दुई दिने सार्वजनिक बिदापछि विद्यालय सञ्चालनलाई व्यवस्थित बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने भएकाले आवश्यक समन्वय र सहकार्यका लागि संघीय मामिला मन्त्रालयलाई पत्राचार गरिएको छ।

विद्यालयमा पठनपाठन, भर्ना अभियान तथा शैक्षिक क्यालेन्डर कार्यान्वयनलाई प्रभावित हुन नदिन विशेष ध्यान दिइएको मन्त्रालयले जनाएको छ।

शिक्षा मन्त्रालयले विद्यालय खुलेसँगै स्थानीय तह, विद्यालय प्रशासन र सरोकारवाला निकायबीच समन्वय बढाएर शैक्षिक गतिविधि नियमित र प्रभावकारी बनाउन आग्रह गरेको छ। सरकारले नयाँ शैक्षिक सत्रलाई व्यवस्थित ढंगले अघि बढाउने तयारी गरेको पनि मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार