कांग्रेसमा नयाँ समायोजन, अनिल झा केन्द्रीय सदस्य बने

1.8k Shares

आइतबार काठमाडौंस्थित कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएपछि कांग्रेस सभापति गगन थापाले झालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। कार्यक्रममा समायोजन सम्बन्धी सहमतिमा हस्ताक्षर गरिएको थियो।

अनिल झा यसअघि सद्भावना पार्टीका अध्यक्ष थिए। उनी लोसपा नेपाल छाडेर पुनः सद्भावना पार्टी पुनर्गठन गर्दै सक्रिय राजनीतिमा फर्किएका थिए। अहिले सो पार्टी कांग्रेसमा समाहित भएपछि उनी औपचारिक रूपमा कांग्रेस केन्द्रीय सदस्य बनेका हुन्।

यस समायोजनसँगै सद्भावना पार्टीका अन्य नेता तथा कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

 
 
सम्बन्धित समाचार