भूमि विवादबारे प्रधानमन्त्रीको भनाइ भर्त्सनायोग्य: प्रदीप ज्ञवाली

1.8k Shares

 

काठमाडौं। नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न चेतावनी दिएका छन् ।

ज्ञवालीले प्रधानमन्त्रीको उक्त भनाइ आपत्तिजनक सन्देहास्पद र भर्त्सनायोग्य रहेको टिप्पणी गर्दै यसले नेपालको सार्वभौमिकता राष्ट्रिय हित र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको बताएका छन् । संसदको रोस्ट्रमबाट जिम्मेवार पदमा बसेका व्यक्तिले यस्ता अभिव्यक्ति दिनु गम्भीर विषय भएको उनको भनाइ छ ।

उनले भने संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य छ । यो अभिव्यक्ति तत्काल फिर्ता लिइयोस् र सार्वजनिक रूपमा क्षमा मागियोस् ।

एमाले नेता ज्ञवालीले सरकार र प्रधानमन्त्रीले राष्ट्रिय हितसँग जोडिएका विषयमा बोल्दा अत्यन्त जिम्मेवार र प्रमाणमा आधारित हुनुपर्ने पनि जोड दिए । उनका अनुसार यस्ता अभिव्यक्तिले छिमेकी मुलुकसँगको सम्बन्धमा अनावश्यक भ्रम र तनाव सिर्जना गर्न सक्ने खतरा रहन्छ ।

सम्बन्धित समाचार