छरिएका कम्युनिस्ट शक्तिलाई एउटै धारमा ल्याउनुपर्नेमा नेपालको जोड

1k Shares

 

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालले देशभर छरिएर रहेका कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिस्ट एकता आवश्यक रहेको बताए।

कम्युनिस्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै नेपालले सैद्धान्तिक मतभेद, व्यक्तिगत टकराव र सत्ता समीकरणका कारण विभिन्न समयमा कम्युनिस्ट शक्तिहरूबीच विभाजन हुने गरेको उल्लेख गरे। उनले विगतका टुटफुटबाट पाठ सिक्दै देश र जनताको हितमा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

उनले पार्टीको एकता महाधिवेशनअघि वडादेखि प्रदेश तहसम्मका सबै जनवर्गीय संगठनहरूको भेला तथा अधिवेशन तोकिएको समयमै सम्पन्न गर्न निर्देशनसमेत दिएका छन्।

सम्बन्धित समाचार