1.6k
Shares
काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई “ऋण लिएर घिउ खानेजस्तो” शैलीको भन्दै टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले सरकारले दीर्घकालीन स्रोत सुनिश्चितता बिना ठूलो खर्चको योजना अघि सारेको संकेत गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनका अनुसार बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिए पनि ती पूरा गर्न आवश्यक वित्तीय आधार कमजोर देखिएको छ । उनले बजेट कार्यान्वयन र ऋण व्यवस्थापनमा सरकार सचेत हुनुपर्ने पनि बताएका छन् ।
पुनले बजेटलाई व्यवहारिक बनाउन र ऋणको बोझ बढ्ने अवस्था आउन नदिन ध्यान दिनुपर्ने आवश्यकता समेत औँल्याएका छन् ।