शिक्षा विवाद प्रधानमन्त्री कार्यालयसम्म, चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच टकराव बढ्यो
1.8k
Shares
काठमाडौं । चिकित्सा शिक्षाको डिप्लोमा तहमा प्रवेश परीक्षा नलिई भर्ना प्रक्रिया अघि बढाइएको विषयले गम्भीर विवाद निम्त्याएको छ ।
चिकित्सा शिक्षा आयोगले यसलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरीत भन्दै आपत्ति जनाएको छ भने सीटीईभीटीले आफ्नो विनियमावली अनुसार प्रक्रिया वैधानिक भएको दाबी गरेको छ।
ऐनअनुसार स्वास्थ्य डिप्लोमा तहमा प्रवेश परीक्षा र भर्ना प्रक्रिया आयोगको समन्वयमा मात्र गर्नुपर्ने व्यवस्था भए पनि यसपटक आयोगको सहभागिता बिना नै भर्ना खुलाइएको हो। यसले दुवै निकायबीच मतभेद बढाउँदै विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको छ।
आयोगले “ऐनभन्दा माथि विनियम हुन सक्दैन” भन्दै कडा अडान लिएको छ भने सीटीईभीटीले जीपीएका आधारमा भर्ना प्रक्रिया अघि बढाएको बताएको छ। विवाद समाधानका लागि उच्चस्तरीय छलफल जारी रहेको छ।