जसपा नेपालद्वारा पार्टी एकताका लागि तीन सदस्यीय वार्ता समिति गठन

1.6k Shares

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले विचार, सिद्धान्त र उद्देश्य मिल्ने दल तथा पक्षहरूसँग पार्टी एकता, सहकार्य र गठबन्धनका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले गठन गरेको उक्त समितिमा सहअध्यक्ष रकम चेम्जोङ, रेणु यादव र डा. सुरेन्द्र झा सदस्य रहनुभएको छ ।

पार्टीका प्रवक्ता मनिष सुमनले केन्द्रीय समन्वय समितिको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विचार, सिद्धान्त र उद्देश्य मिल्ने अन्य दल तथा पक्षहरूसँग सहकार्य, एकता, गठबन्धन तथा मोर्चा निर्माण गर्ने उद्देश्यले वार्ता समिति गठन गरिएको हो ।

उहाँले भन्नुभयो, “वार्ता समितिले आगामी दिनमा बैठक बसेर सिद्धान्त मिल्ने दल तथा पक्षसँग संवाद र वार्ता अगाडि बढाउनेछ ।”

सम्बन्धित समाचार