ट्रम्पको निर्देशनपछि इरान–अमेरिका सम्झौता वार्ता ‘हतार नगर्न’ भन्दै लम्बियो

1.9k Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रस्तावित सम्झौताबारे वार्ताकारलाई “हतार नगर्न” निर्देशन दिएका छन्। यसअघि सम्झौता अन्तिम चरणमा पुगेको संकेत दिइए पनि पछिल्लो निर्देशनपछि वार्ता केही समय लम्बिने देखिएको छ।

अहिले छलफलमा रहेको प्रस्तावित योजनामा ६० दिनको युद्धविराम विस्तार, हर्मुज मार्ग पुनः सञ्चालन र इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढाउने विषय समावेश छ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत वार्ता सकारात्मक भए पनि दुवै पक्षले पर्याप्त समय लिएर सही निष्कर्षमा पुग्नुपर्ने बताएका छन्। यसअघि उनले धेरैजसो विषयमा सहमति भइसकेको संकेत गरेका थिए, जसले चाँडै सम्झौता हुने अपेक्षा गरिएको थियो।

इरानी पक्षले पनि छलफल सकारात्मक रहेको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले वार्ता “धेरै नजिक र धेरै टाढा” दुवै अवस्थामा रहेको टिप्पणी गरेका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार यो मस्यौदा अन्तिम सम्झौता होइन। यसमा प्रतिबन्ध फुकुवा, रोक्का रकम फिर्ता र आणविक कार्यक्रम नियन्त्रणजस्ता संवेदनशील विषयहरू अझै टुंगिन बाँकी छन्।

सम्झौताबारे अमेरिकी रिपब्लिकन पार्टीभित्रै मतभेद देखिएको छ, केही नेताहरूले यसलाई इरानप्रति नरम भएको भन्दै आलोचना गरेका छन्।

सम्बन्धित समाचार