2k
Shares
काठमाडौं। प्रधानमन्त्रीले ईयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा नेपालस्थित कूटनीतिक मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवासमा भएको छलफलमा नेपाल–ईयू सम्बन्ध, विकास सहकार्य, व्यापार–लगानी, सुशासन तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय समसामयिक विषयमा विचार–विमर्श गरिएको बताइएको छ।
भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र ईयूबीच दीर्घकालीन मित्रता सुदृढ हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा विकास, जलवायु परिवर्तन, शिक्षा र पूर्वाधार क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा व्यक्त गरे। ईयूका कूटनीतिज्ञहरूले पनि नेपालसँगको साझेदारीलाई अझ मजबुत बनाउन प्रतिबद्धता जनाएका छन्।