सप्तकोशीको टापुमा लुकाइएको ४७५ किलो गाँजा बरामद, प्रहरी अनुसन्धान जारी
1.6k
Shares
सुनसरी । सप्तकोशी नदीको बीच भागमा रहेको टापुबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सप्तकोशी नदीको टापुमा लुकाइराखिएको अवस्थामा करिब ४७५ किलो गाँजा फेला पारेको हो ।
बरामद गरिएको गाँजा विभिन्न बोरामा प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार उक्त गाँजा अवैध ओसारपसारका लागि भण्डारण गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान र खोजी कार्य भइरहेको तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।