प्रधानमन्त्री बालेनको व्यवहारबारे स्पष्ट पार्न रवि भारत जान लागेको एसडी मुनीको दाबी

1.4k Shares

काठमाडौं । भारतीय विदेश मामिला विश्लेषक एसडी मुनीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमण प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को व्यवहारबारे स्पष्ट पार्न केन्द्रित रहेको बताएका छन् ।

शिलापत्रसँगको कुराकानीमा मुनीले प्रधानमन्त्री शाहको पछिल्लो कार्यशैलीप्रति भारतमा चासो बढेको उल्लेख गर्दै त्यसबारे संवाद कायम राख्न रविको भ्रमण हुन लागेको दाबी गरेका हुन् ।

उनका अनुसार प्रधानमन्त्री शाहले अपेक्षाअनुसार राजनीतिक तथा कूटनीतिक संवाद अघि नबढाएको धारणा भारत पक्षमा रहेको छ । उनले प्रधानमन्त्रीले सीमित व्यक्तिसँग मात्रै भेटघाट गर्ने, भारत भ्रमणको चर्चा भए पनि औपचारिक पहल नदेखिएको लगायत विषयलाई भारतले चासोका रूपमा हेरेको बताएका छन् ।

मुनीले रवि लामिछानेको भ्रमणले रास्वपा भारतसँग सकारात्मक सम्बन्ध चाहन्छ भन्ने सन्देश दिन खोजेको पनि बताए । साथै, लामिछानेले भारतमा आफ्नो राजनीतिक सम्पर्क विस्तार गर्न खोजेको उनको भनाइ छ ।

रवि लामिछाने १८ जेठमा दुईदिने भारत भ्रमणमा जाने कार्यक्रम रहेको बताइएको छ । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको सम्भावना रहेको र अयोध्यासमेत जाने तयारी रहेको समाचारमा उल्लेख छ ।

सम्बन्धित समाचार