लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

2.2k Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विकास, सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको जनाएको छ ।

सरकारले प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई केन्द्रमा राख्दै कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, सिंचाइ विस्तार, पूर्वाधार निर्माण तथा जनताको जीवनस्तर सुधारलाई विशेष जोड दिने अपेक्षा गरिएको छ ।

साथै अधुरा आयोजना सम्पन्न गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा सुशासन सुदृढ गर्ने विषय पनि नीति तथा कार्यक्रमका प्राथमिकतामा पर्ने जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकारले यसअघि पनि कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार क्षेत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको थियो । यस वर्ष पनि उत्पादन र रोजगारीमुखी कार्यक्रमलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।

 
 
सम्बन्धित समाचार