नेतृत्व संकट चर्कियो, अष्टलक्ष्मीले भनिन्– अब बिदा लिनुस्

1.9k Shares

काठमाडौँ।  नेकपा (एमाले) भित्रको नेतृत्व संकट थप चर्किँदै जाँदा वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई यही बैठकबाट बिदा लिन सुझाव दिएकी छन्।

सचिवालय बैठकका क्रममा बोल्दै शाक्यले पार्टी सञ्चालन शैलीप्रति असन्तुष्टि जनाउँदै अब नेतृत्व हस्तान्तरणको समय आएको बताइन्। उनले भनिन् “पार्टीलाई एकताबद्ध राख्न र आगामी निर्वाचनमा जनविश्वास कायम गर्न यही बैठकबाट जिम्मेवारी सुम्पिनु उपयुक्त हुन्छ।”

पार्टीभित्र अध्यक्ष ओलीको एकल निर्णय प्रक्रिया, आन्तरिक लोकतन्त्र कमजोर बनेको र संगठनात्मक संरचना प्रभावित भएको भन्दै पछिल्लो समय असन्तोष बढ्दै गएको छ। चार उपाध्यक्षसहितका नेताहरूले पनि नेतृत्व परिवर्तनको आवश्यकता औँल्याउँदै आएका छन्।

यता अध्यक्ष ओली पक्षधर नेताहरूले भने नेतृत्व परिवर्तनको मागलाई अस्वीकृत गर्दै पार्टी सुदृढीकरणका लागि वर्तमान नेतृत्व नै आवश्यक रहेको तर्क गरेका छन्। उनीहरूले आन्तरिक छलफलमार्फत मतभेद समाधान गर्नुपर्ने बताएका छन्।

सचिवालय बैठक अझै जारी रहेको र नेतृत्वबारे औपचारिक निर्णय नआइसकेको नेकपा एमालेले जनाएको छ। पार्टीभित्रको यो बहसले आगामी दिनमा एमालेको दिशा र रणनीतिमा महत्वपूर्ण असर पार्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार