राजनीतिक उतार–चढावबीच मुख्यमन्त्री यादव विश्वासको मत लिँदै

1.4k Shares

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन्। सत्तारूढ गठबन्धनमा देखिएको राजनीतिक उतार–चढावपछि उनले आफ्नो सरकारको बहुमत पुष्टि गर्न विश्वासको मत लिन लागेको हो।

प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुनेछ। प्रस्तावमाथि छलफलपछि मतदान हुने कार्यसूची रहेको छ। विश्वासको मत प्राप्त भए मुख्यमन्त्री यादवको सरकार निरन्तर रहनेछ, नत्र संविधानअनुसार वैकल्पिक सरकार गठन प्रक्रिया अघि बढ्नेछ।

 
 
सम्बन्धित समाचार