एमालेमा वरीयता हेरफेर प्रस्ताव, योगेश तेस्रो उपमहासचिव र महेश अन्तिम सचिव

1.6k Shares

काठमाडौं । ने.क.पा. एमालेले पदाधिकारीहरूको नयाँ वरीयता निर्धारण प्रस्ताव अगाडि बढाएको छ । सोमबार बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयता सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको हो ।

प्रस्तावअनुसार उपाध्यक्षमध्ये रामबहादुर थापालाई पहिलो वरीयतामा राखिएको छ । त्यसपछि विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी पन्त क्रमशः रहेका छन् । महासचिवमा शंकर पोखरेल यथावत् छन् भने उपमहासचिवतर्फ लेखराज भट्ट पहिलो, रघुबीर महासेठ दोस्रो तथा योगेश भट्टराई तेस्रो वरीयतामा परेका छन् ।

CPN-UMLschooldepartment_20220810151111.jpg

सचिवहरूको सूचीमा छविलाल विश्वकर्मालाई पहिलो वरीयतामा राखिएको छ । त्यसपछि पद्या अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई र हिक्मत कार्की रहेका छन् । महेश बस्नेतलाई भने नौ सचिवमध्ये अन्तिम वरीयतामा राखिएको प्रस्ताव गरिएको छ ।

प्रस्तावित सूचीअनुसार अध्यक्षमा केपी शर्मा ओली शीर्ष वरीयतामै रहेका छन् । एमालेभित्र नेताहरूको जिम्मेवारी, प्रभाव र भावी शक्ति सन्तुलनसँग जोडेर वरीयतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 
 
सम्बन्धित समाचार