1.6k
Shares
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले संसद्को गरिमा कायम राख्ने जिम्मेवारी सभामुखको भएको बताएका छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले प्रतिपक्षमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूले निलो स्कार्फ बाँधेको र अहिले प्लेकार्ड प्रदर्शन गरिएको प्रसंग उठाउँदै दुवै कार्य संसदीय मर्यादाविपरीत भएको बताए ।
उनले भने, “आफैंले गरेको कदम संसदीय र मर्यादित भन्ने, अहिले प्रतिपक्षले देखाएको प्लेकार्ड अमर्यादित भन्ने कसरी हुन्छ ? सभामुख महोदय, त्यो पनि अमर्यादित थियो, अहिले पनि सदनमा अमर्यादित काम भइरहेको छ भन्ने मेरो निष्कर्ष हो । सभाको मर्यादा सभामुखले राख्नुपर्ने हो, त्यो किन हुन सकेन ?”