काभ्रेको नमोबुद्धमा बर्ड फ्लु पुष्टि, कागहरू मर्न थालेपछि परीक्षण

1.5k Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर २ स्थित २६ बाहिनी सैनिक ब्यारेक आसपास क्षेत्रमा कागहरू दैनिक रूपमा मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणमा बर्ड फ्लु प्रमाणित भएको हो ।

नगरपालिकाका अनुसार मरेका कागहरूमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर पठाइएको थियो ।

प्रयोगशालाले जेठ ४ गते सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार मोलिकुलर विधिबाट परीक्षण गर्दा ‘लो प्याथोजेनिक एच–९’ प्रकारको बर्ड फ्लु पुष्टि भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि सम्बन्धित क्षेत्रलाई निगरानीमा राखिएको तथा थप सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ ।

सम्बन्धित समाचार