केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा गर्मी बढ्ने

1.3k Shares

काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको असरका कारण कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेश प्रदेशसहित अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीको प्रभाव बढ्न सक्ने विभागको अनुमान छ।

 
 
 
सम्बन्धित समाचार