संसदमा हर्क साम्पाङको शैली विवादमा, कारबाहीको चेतावनी

2.1k Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उनका सांसदहरूले संसदभित्र प्लेकार्ड प्रदर्शन गरेपछि संसदीय मर्यादामाथि बहस सुरु भएको छ । संसदीय मामिलाका जानकारहरूले यस्तो गतिविधि नियमावली र संसदीय अभ्यासविपरीत भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिको विरोध गर्दै श्रम संस्कृति पार्टीका सांसदहरू सभामुख अगाडि उभिएर प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए । त्यसपछि सभामुखले मर्यादाभित्र रहेर विरोध गर्न निर्देशन दिएका थिए ।

rajendra-phuyal.jpg

राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयाँलले संसदभित्र प्लेकार्ड प्रदर्शन गर्नु संसदीय गरिमा विपरीत भएको बताएका छन् । उनका अनुसार विरोध गर्न पाइने भए पनि नियम र मर्यादाभित्र बसेर गर्नुपर्छ ।

फुयाँलले यस्ता गतिविधि दोहोरिए सभामुखले निलम्बनसम्मको कारबाही गर्न सक्ने स्पष्ट पारे। उनले “सस्तो प्रचार” का लागि गरिने गतिविधिले प्रतिपक्षको विश्वसनीयता कमजोर बनाउने टिप्पणी समेत गरेका छन् । श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नुपर्ने माग राख्दै विरोध जनाएको हो ।

सम्बन्धित समाचार