1.8k
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ गते भएका घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले आयोगका सदस्य लिली थापाको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन किन रोकिएको हो भन्नेबारे सदनलाई जानकारी गराउन माग गरे ।
उनले उक्त प्रतिवेदन सार्वजनिक नगर्नुको कारण स्पष्ट हुनुपर्ने बताउँदै घटनाको सत्यतथ्य बाहिर आउन आवश्यक रहेको धारणा राखे । सांसद केसीले पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन अपूरो रहेको दाबी गर्दै त्यसलाई पूर्णता दिनुपर्ने पनि बताए ।