संसदमा प्रधानमन्त्रीको अनुपस्थितिविरुद्ध हर्क साम्पाङको विरोध

2.1k Shares

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङसहित सांसदहरूले छातीमा प्ले कार्ड राखेर संसद्मा विरोध जनाएका हुन् । उनीहरूले प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने लगायतका माग उठाएका थिए ।

Parliament-Nepal-photo-library-11-1779083284.jpg

यसअघि विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले नै दिनुपर्ने माग गरेका थिए । तर प्रधानमन्त्री संसद्मा उपस्थित नभएपछि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।

संसद्मा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था भए पनि जेठ र असार महिनाको संसदीय क्यालेन्डरमा यस्तो कार्यक्रम समावेश गरिएको छैन ।

यही विषयलाई लिएर श्रम संस्कृति पार्टीले संसद्मै प्ले कार्ड देखाएर विरोध जनाएको हो । सभामुखले भने सांसदहरूलाई यस्तो गतिविधि नगर्न निर्देशन दिएका छन् ।

Parliament-Nepal-photo-library-09-1779083288.jpg

 

सम्बन्धित समाचार