बनेपाको सुकुम्वासी होल्डिङ सेन्टरमा संसदीय टोलीको निरीक्षण

1.5k Shares

बनेपा । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुम्वासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । समितिका सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्यसहित १५ जनाको टोली सोमबार बिहान होल्डिङ सेन्टर पुगेको हो ।

निरीक्षणका क्रममा टोलीले त्यहाँ बस्दै आएका सुकुम्वासी बस्तीका नागरिकहरूसँग भेटघाट गर्दै उनीहरूका तत्काल समाधान गर्नुपर्ने मागहरू टिपोट गरेको थियो । टोली त्यहाँ पुग्दा केही सुकुम्वासीले भावुक हुँदै आफ्ना समस्या सुनाएका थिए ।

सुकुम्वासीहरूले बालबालिकाको पढाइको उचित व्यवस्था, दीर्घरोगीहरूको उपचार तथा व्यवस्थापन र छिटो स्थायी बसोबासको सुनिश्चितता गर्न माग गरेका छन् । समितिका सभापति हरि ढकालले शिक्षा र स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि आवश्यक पहल छिट्टै गरिने बताएका छन् । 

सम्बन्धित समाचार