काठमाडौँ । नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को ३३औँ स्मृति दिवस मनाएको छ ।
मदननगर बल्खुमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । कार्यक्रममा एमालेका वर्तमान तथा पूर्व पदाधिकारी, विभिन्न तहका नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
स्मृति सभामा नेता द्वय मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । एमालेले मदन भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रमुख प्रवर्तकका रूपमा सम्मान गर्दै आएको छ ।