मदन–आश्रित दिवसले सर्‍यो एमाले सचिवालय बैठक

1.9k Shares

काठमाडौँ । नेकपा एमालेको आजका लागि तय गरिएको सचिवालय बैठक स्थगित भएको छ । अब बैठक आगामी सोमबार गुण्डुमा बस्ने जानकारी पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले दिएका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा, पार्टीभित्रको कार्यविभाजन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

तर, भोलि मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीमा केन्द्रित हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार