काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँमा कारोबार भइरहेको छ भने सानो लोकल गोलभेँडाको मूल्य ७८ रुपैयाँ कायम गरिएको छ ।
समितिले आलु रातो (लाम्चो) प्रतिकिलो २७ रुपैयाँ, आलु रातो (गोलो) २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३८ रुपैयाँ निर्धारण गरेको जनाएको छ ।
हरियो तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, बन्दा ५० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, सेतो मूला २० रुपैयाँ तथा भन्टा ६५ देखि ७० रुपैयाँसम्म तोकिएको छ ।
बोडी, मकै बोडी र घिउ सिमीको मूल्य प्रतिकिलो ९० देखि १०० रुपैयाँसम्म पुगेको छ भने भटमासको कोसा १४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । लौका ६० रुपैयाँ, चिचिन्डो ५० रुपैयाँ, घिरौँला ८० रुपैयाँ र भिन्डी ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।
सागपाततर्फ पालुङ्गो प्रतिकिलो १२० रुपैयाँ, रायोसाग १०० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ तथा चमसुरको साग १३८ रुपैयाँ कायम गरिएको छ । च्याउमध्ये सिताके च्याउ सबैभन्दा महँगो देखिएको छ, जसको मूल्य प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, कागती ३२० रुपैयाँ, अनार ५०० रुपैयाँ तथा अङ्गुर (कालो) ४५० रुपैयाँ कायम गरिएको छ । तरबुजा प्रतिकिलो ४५ रुपैयाँ र नेपाली मेवा ८० रुपैयाँमा बिक्री भइरहेको छ ।
मसलातर्फ अकबरे खुर्सानी प्रतिकिलो ५०० रुपैयाँ पुगेको छ भने सुकेको खुर्सानी ४५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । अदुवा र हरियो लसुनको मूल्य प्रतिकिलो १६० र २०० रुपैयाँ कायम गरिएको छ । समितिका अनुसार ताजा माछामा रहु प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ र छडी २८० रुपैयाँमा कारोबार भइरहेको छ ।