2.6k
Shares
काठमाडौं । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने भएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले मन्त्रिपरिषद्को सिफारिसअनुसार अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश सरकारका अनुसार आगामी नीति तथा कार्यक्रम, बजेट तयारी तथा प्रशासनिक व्यवस्थापनलाई ध्यानमा राख्दै अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो ।
चालु हिउँदे अधिवेशनमा प्रदेशसभाका जम्मा चारवटा बैठक बसेका थिए । प्रदेशसभा २४, २५ र २६ चैत २०८२ तथा ६ वैशाख २०८३ मा बसेको थियो ।
यस अधिवेशन अन्त्यसँगै अब बागमती प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने तयारीमा रहेको बताइएको छ ।