प्रधानमन्त्रीको अनुपस्थितिविरुद्ध संसद्‌मा विपक्षी आक्रामक, चार दलद्वारा बहिष्कार

1.4k Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षी चार दलले बहिष्कार गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध जारी राखेको छ । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह स्वयं उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जनाएका हुन् ।

प्रधानमन्त्री संसद्मा उपस्थित नभई आफ्नोतर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जवाफ दिने जिम्मेवारी दिएपछि विपक्षी दल आक्रोशित बनेका थिए । नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले बैठक बहिष्कार गरेका हुन् ।

नेपाली कांग्रेसले भने सदनभित्रै उभिएर नाराबाजी र विरोध जारी राख्यो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहितका सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई संसद्को अवमूल्यन भएको टिप्पणी गरेका थिए । केही कांग्रेस सांसद बैठक कक्षबाट बाहिरिए पनि अधिकांश सांसदले विरोध जारी राखेका थिए ।

विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्प्रति जवाफदेही बन्न नखोजेको आरोप लगाएका छन् । नीति तथा कार्यक्रम प्रधानमन्त्रीकै राजनीतिक दस्तावेज भएकाले त्यसबारे उठेका प्रश्नको उत्तर पनि प्रधानमन्त्रीले नै दिनुपर्ने उनीहरूको अडान छ ।

सम्बन्धित समाचार