सार्वजनिक भयो जीपीए विवरण : ४८ हजारभन्दा बढी विद्यार्थीले ल्याए ३.६० माथि

1.6k Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाअनुसार सबैभन्दा धेरै विद्यार्थीले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन् ।

बोर्डका अनुसार नियमिततर्फ सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३९२ जनाले ३.६० देखि ४.०० जीपीए ल्याएका छन् । त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।

त्यसैगरी, २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थी ९४ हजार २२२ जना रहेका छन् भने २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी छन् ।

बोर्डका अनुसार २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी ५ हजार १९० जना रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या भने ७ मात्र रहेको छ ।

यस वर्ष कुल उत्तीर्ण प्रतिशत ६५.९८ रहेको बोर्डले जनाएको छ भने १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड (NG) भएका छन् ।

सम्बन्धित समाचार