ट्युसन पढेर घर फर्किंदै गरेकी युवतीको बाटोमै मृत्यु

3.9k Shares

घोराही । दाङ को घोराही उपमहानगरपालिका–१३ डम्मुरगाउँस्थित ज्ञानज्योति स्कुल चोक नजिक एक युवतीको अचानक मृत्यु भएको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका–१ करेटी निवासी २१ वर्षीया धनसरी कुवर ट्युसन पढेर घर फर्किने क्रममा अचानक सडकमा ढलेर बेहोस भएकी थिइन् । स्थानीयले तत्काल उपचारका लागि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ पुर्‍याएका थिए ।

अस्पताल पुर्‍याएको केही समयपछि चिकित्सकले कुवरलाई मृत घोषणा गरेका हुन् । बाटोमा हिँड्दाहिँड्दै अचानक बेहोस भएर मृत्यु भएको भए पनि घटनाको वास्तविक कारण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङ र अस्पताल स्रोतले जनाएको छ ।

मृतककी आमा तथा परिवारका सदस्य रोल्पाबाट दाङ आउँदै रहेको जानकारी प्राप्त भएको छ । उनका बुवा वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 
 
 
सम्बन्धित समाचार