रास्वपाले १५ सदस्यको सदस्यता खारेज गर्‍यो

1.7k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोपमा १५ जना सदस्यको सदस्यता खारेज गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठकले अनुशासन उल्लंघन तथा पार्टीको नीति–निर्देशन विपरीत गतिविधिमा संलग्न रहेको निष्कर्षसहित १५ जनामाथि कारबाही गरेको हो । यद्यपि सदस्यता खारेज गरिएका व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

त्यसैगरी बैठकले आगामी वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको जनाएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक विवाद र संगठनात्मक गतिविधिबारे छलफल गर्न केन्द्रीय समिति बैठक डाकिएको बताइएको छ ।

सम्बन्धित समाचार