ओलीजस्तै बालेनमा पनि ‘जे गरे पनि हुन्छ’ भन्ने भ्रम देखियो : गगन थापा

1.8k Shares

काठमाडौं । गगन थापाले वर्तमान सरकार पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकालजस्तै भ्रममा परेको टिप्पणी गरेका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुई तिहाइ वा बहुमतको आडमा ‘जे गरे पनि हुन्छ’ भन्ने सोचले सरकारलाई कमजोर बनाउने चेतावनी दिए । उनले विगतमा ओली सरकारलाई पनि यस्तै भ्रमबाट सचेत गराएको उल्लेख गरे ।

थापाका अनुसार बहुमत सरकारको अधिकार भए पनि कानुन र विधिको शासनभन्दा माथि गएर निर्णय गर्न नहुने बताए। अध्यादेश ल्याउने विषयमा पनि उनले नियत र उद्देश्य महत्वपूर्ण हुने धारणा राखे ।

त्यस्तै, संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामा असन्तुष्टि जनाउँदै उनले आफ्ना अनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने प्रयास भए दुर्भाग्यपूर्ण हुने बताए । साथै, अव्यवस्थित बसोबासी हटाउने क्रममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै उनले आलोचना गरे। बुद्धपूर्णिमाको दिन गुम्बा भत्काउने, सुत्केरी तथा अपांगता भएका व्यक्तिलाई हटाउने जस्ता कार्यप्रति कांग्रेसको असहमति रहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार