1.6k
Shares
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौँको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २५६ रन बनाएको छ र ओमानलाई जितका लागि २५७ रनको लक्ष्य दिएको छ ।
नेपालको इनिङ्समा आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै शतक नजिक पुगेर ९४ रन जोडे । त्यस्तै अर्जुन कुमालले ४८ रन, आरिफ शेखले आक्रामक खेल प्रदर्शन गर्दै ४३ रन तथा दीपेन्द्र सिंह ऐरीले ३३ रनको योगदान दिए । मध्यक्रममा राम्रो साझेदारी भए पनि अन्त्यतिर नेपालले लगातार विकेट गुमाउँदै ५० ओभर पूरा हुनुअघि नै सबै विकेट गुमायो ।