पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै संविधान संशोधन कार्यदल

1.9k Shares

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलले पूर्व उच्चपदस्थ व्यक्तिहरूसँग छलफल गरिरहेको छ। छलफलमा सहभागी हुनेहरूमा: संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् र प्रशासनिक विज्ञहरू रहेका छन् ।

यो कार्यदल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको हो । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३–५ बजेसम्म हुने तय गरिएको छ ।

कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार, सहभागी विज्ञहरूबाट संविधान संशोधन सम्बन्धी सुझाव संकलन गरिनेछ । यसअघि (वैशाख १०) बसेको बैठकले पनि यस्ता विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार