1.8k
Shares
काभ्रेपलाञ्चोकको रोशी खोलामा पानीको बहाव बढेपछि ५ वटा माइक्रोबस बीचमै फसेका छन् । रोशी गाउँपालिका–९ लास्कोट र चार सय बेशीबीचको क्षेत्रमा सोमबार सवारी साधन खोलाको दुई धारबीच अड्किएका हुन् ।
माइक्रोबसमा सवार यात्रुहरू खोलाको बीचमै अलपत्र परेपछि सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार डीएसपी रविन विष्टको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।
हाल करिब २५ जना नेपाल प्रहरी, २५ जना सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धार सामग्रीसहित परिचालित छन् । खोलाको बहाव उच्च भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ र यात्रुलाई सुरक्षित स्थानमा लैजाने प्रयास जारी छ ।