1.9k
Shares
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ, जसमा विभिन्न संगठनात्मक र राजनीतिक विषयमा छलफल हुने भएको छ। बैठकमा स्थानीय तहका उम्मेदवार छनोटको रूपरेखा, महाधिवेशन कार्यविधि–२०८३ तथा संसदीय दलको विधान संशोधनबारे मुख्य रूपमा छलफल गरिनेछ ।
यससँगै समसामयिक राजनीतिक अवस्था र पार्टी सुदृढीकरणका विषयमा पनि विचारविमर्श हुने जनाइएको छ ।