1.9k
Shares
राष्ट्रपतिद्वारा जारी ‘सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’का कारण आयोग र नियामक गरी करिब दुई दर्जन निकाय पदाधिकारीविहीन हुने भएका छन्।
नेपाल नर्सिङ परिषद, इञ्जिनियरिङ परिषद, प्रेस काउन्सिलदेखि धितोपत्र बोर्ड, दूरसञ्चार प्राधिकरण लगायतका निकायका पदाधिकारी हट्नेछन्। साथै सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग, शिक्षक सेवा आयोग र सूचना आयोग पनि पदाधिकारीविहीन बन्नेछन्।