1.3k
Shares
लगातार वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। ललितपुर, प्युठान, मकवानपुर र लमजुङका केही सडक बन्द भएका छन् भने सिन्धुपाल्चोकको अरनिको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।
केही स्थानमा भने सडक एकतर्फी सञ्चालनमा आएको छ। प्रहरीले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।