श्रम तथा रोजगार कार्यालय टेकुमा चालु आर्थिक वर्षको नौ महिनामा करिब ४५० वटा श्रमिक उजुरी दर्ता भएका छन्। तीमध्ये आधाभन्दा बढी फस्र्योट भई करिब पाँच करोड रुपैयाँ बराबरको क्षतिपूर्ति श्रमिकलाई दिलाइएको छ। औपचारिक क्षेत्रबाट बढी उजुरी आउने गरेको र श्रमिक अधिकार संरक्षणमा अझै चुनौती रहेको देखिएको छ।