सरकारले ल्याएका अध्यादेश जारी नगर्न प्रतिपक्षी दलहरूले गरे राष्ट्रपतिलाई आग्रह

2.6k Shares

काठमाण्डौ । प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्।

सरकारले संवैधानिक परिषदसहित ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दल कार्यालयमा राखेको प्रतिपक्षी दलहरूको बैठकले सरकारले पेस गरेका अध्यादेशहरू जारी नगर्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको हो ।

प्रतिपक्षी दलहरूको बैठकमा कांग्रेस संसदीय दल नेता आङ्देम्बे, प्रमुख सचेतक बासना थापा, नेकपा एमालेका संसदीय दल नेता रामबहादुर थापा बादल, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी सांसद सरस्वती लामा सहभागी थिए ।

सम्बन्धित समाचार