थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा प्रहरी परिचालन

1.9k Shares

काठमाण्डौ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन्।  शनिबारदेखि बिहानैदेखि त्यस क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् । आजदेखि थापाथलीसँगै सिनामंगलको गैरीगाउँ, मनोहरा क्षेत्रको सुकुम्बासी वस्ती हटाउने भनिएको छ ।

thapathali-sukumbashi-basti-(13)-1777078185.jpeg

सरकारले सुकुम्बासी समस्या समाधानको विधि र प्रक्रिया ठाडै उल्लंघन गर्दै सुकुम्बासी वस्ती खाली गर्न लागेको हो । खाली गर्न नमाने प्रहरी र महानगर प्रहरीले संयुक्त रूपमा कारबाही गर्ने चेतावनी यसअघि नै दिइसकेको छ ।

शनिबार बिहानसम्म पनि थापाथलीका सुकुम्बासीहरूले सामान पोको पारिरहेका छन् । केही मानिसहरूले शुक्रबार नै सामान सारिसकेका थिए । तर तत्काल कोठा नपाउनेहरू भने बस्तीमै थिए । बिहानैदेखि उनीहरूले सामान जम्मा पारिरहेका छन्।

सम्बन्धित समाचार