देशका विभिन्न क्षेत्र र समुदायप्रति अमानवीय कार्य गरेकाे भन्दै युवा संघको आपत्ति

1.5k Shares

काठमाण्डौं । नेकपा एमाले निकट, राष्ट्रिय युवा संघले काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा सुकुम्बासी बस्तीहरू हटाउने सरकारी निर्णयप्रति आपत्ति जनाएको छ । संघका अध्यक्ष माहाराज गुरुङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुकुम्बासी बस्तीहरू जबर्जस्ती तथा बलपूर्वक हटाउने कार्यप्रति आपत्ति जनाएका हुन् ।

नेपाल प्रहरीले अनावश्यक रूपमा खानतलासी र माइकिङ गर्दै सुकुमबासी बस्तीमा गरिएको गतिविधिप्रति ध्यानाकर्षण भएको संघले जनाएकाे छ । यस प्रकारको कदमले नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार, मानवताका न्युनतम मूल्य-मान्यता, सामाजिक न्यायका सिद्धान्त तथा अन्तर्राष्ट्रिय मानवअधिकारका आधारभूत मापदण्डहरूको उल्लंघन गरेको विज्ञप्तिमा उल्लेख छ ।

676294605_1457241235671034_2104318162614316214_n_2n2dwBs6xA-1777047090.jpg

पहिला वास्तविक सुकुम्बासी समुदायको पहिचान गरी उक्त समुदायसँग समन्वय गरी उचित निष्कर्ष सहित व्यवस्थापन गर्नुको सट्टा सरकारले देशका विभिन्न क्षेत्र र समुदायप्रति अमानवीय र असंवेदनशील कार्य गरेकाे भन्दै युवा संघ घोर भर्त्सना गरेकाे छ । 

संघले सरकारसँग बल प्रयोग र डोजर आतंक तत्काल रोक्न, प्रभावित समुदायसँग संवादमार्फत समाधान खोज्न तथा वैज्ञानिक भूमि सुधार र सुकुम्बासी व्यवस्थापन नीति कार्यान्वयन गर्न पनि माग गरेकाे छ ।

सम्बन्धित समाचार