सुकुम्बासी बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट

1.4k Shares

काठमाण्डौं । काठमाडौं उपत्यकाका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा अनधिकृत रूपमा बनाइएका सुकुम्बासी बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

गोपाल रनपहलीसहित ११ जनाले सुकुम्बासीलाई बस्ती खाली गर्न लगाइएको विषयविरूद्ध रिट निवेदन दायर गरेकाे सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

काठमाडौंका नदी किनाराका सुकुम्बासी बस्ती आज बेलुका ७ बजेसम्ममा खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकाले सूचना जारी गरिसकेका छन् ।

रिट निवेदनमा उपत्यका तथा देशैभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्बासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबर्जस्ती कारबाही नगर्नु–नगराउनु भनिएको छ ।

सम्बन्धित समाचार