संसद् अधिवेशन बोलाएको भोलिपल्टै फेरि स्थगित

1.9k Shares

काठमाण्डौ । संसद् अधिवेशन बोलाएको भोलिपल्टै राष्ट्रपति रामचन्द्र पौडेलले फेरि स्थगित गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यसअघि आगामी  वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा अधिवेशन आह्वान गरेका थिए ।

तर, मन्त्रिपरिषद्कै बिहीबारको अर्को सिफारिसअनुसार विशेष कारण देखाउँदै उक्त अधिवेशन हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

675681439_1525548838901104_7832968525253635020_n-1086x1536.jpg

संविधानको धारा ९३(१) बमोजिम संसद् अधिवेशन आह्वान तथा स्थगनसम्बन्धी निर्णय राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा हुने व्यवस्था छ ।

सम्बन्धित समाचार