मन्त्रीहरूले १८ हजार र सांसदहरूले १६ हजार ५ सयका दरले रास्वपा लाइ लेबी बुझाउने

2.3k Shares

वैशाख ३, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूलाई लेबी तोकेको छ । आज बसेको संसदीय दल बैठकले मन्त्रीहरूलाई १८ हजार र सांसदहरूलाई १६ हजार ५ सयका दरले लेबी तोक्ने निर्णय गरेको महामन्त्रीसमेत रहेका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

मन्त्रीका स्वकीय सचिव रहने व्यवस्था रह्यो भने मासिक रूपमा उनीहरूले दुई हजार लेबी दिनुपर्नेछ । रास्वपाबाट प्रधानमन्त्रीसहित १६ मन्त्री छन् भने १८२ जना सांसद छन् ।

सम्बन्धित समाचार