गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण: घनश्याम भुसाल

2k Shares

२८ चैत, काठमाडौं । ने.क.पा. संयुक्तले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएकाे टिप्पणी गरेको छ । नेकपा संयुक्त विज्ञप्ति जारी गरी कार्की आयाेगकाे प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएकाे भन्दै टिप्पणी गरेकाे हाे ।

शनिबार बसेको नेकपा संयुक्तको महाधिवेशन आयोजक समिति बैठकले कार्की आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएकाे भन्दै बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गरी २३ र २४ भदाैको घटनामा संम्लग्नहरुलाई कारबाही गर्न माग गरेकाे छ ।

कार्यवहाक अध्यक्ष घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, 'गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्राही भएकोले बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गरी भाद्र २३ र २४ को घटनामा संम्लग्न अपराधीहरुलाई कारबाही गर्न यो बैठक जोडदार माग गर्दछ ।'

यस्तै, २०४८ देखिका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्यक्ति, न्यायपालिकाका पदाधिकारी एवं सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी कारबाही गर्न पनि माग गरिएको छ ।

सम्बन्धित समाचार