2.6k
Shares
रुकुम पूर्व । प्रतिनिधिसभाको निर्वाचनका लागि रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका मुख्य सचिव गणेशमान पुनले मतदान गरेका छन्।
पूर्वमन्त्री समेत रहेका नेता पुनले रुकुम पूर्वको प्वाङको नवज्योति आधारभूत विद्यल्य खरिबोटबाट मतदान केन्द्रबाट मतदान गरेका हुन्।
`मुलुकलाई नयाँ दिशामा लैजान मतदान गरियो । अहिलेको परिस्थितिलाई जनादेशले फरक सन्देश दिनेछ । उत्साहपूर्वक मतदान गरेर जेनजी विद्रोहलाई पुँजीको रुपमा विकाश गर्ने बेला पनि हो ।´ नेता पुनले भने ।

रुकुम पूर्वबाट नेकपाकोतर्फबाट प्रचण्ड उम्मेदवार छन् । आज देशभर नै बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । मतदान साझ ५ बजेसम्म चल्नेछ ।