पूर्व सांसदहरुको बहुमत संख्या १३८ पुर्‍याएर पूरक रिट दर्ता गर्ने काँग्रेस एमालेको तयारी

3.5k Shares

पौष ६, काठमाडौं । विघटित प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेण्डालाई थप मजबुत पार्दै अघि बढ्न थालेका छन् । यसअघि नै ती दलका सांसदहरूले छुट्टाछुट्टै रिट दर्ता गरेका थिए ।

अब दुवै दल बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षरसहित पूरक रिट दर्ता गर्ने तयारी गरेका छन् । यो रिटमा महन्थ ठाकुर नेतृत्वको लोसपाले पनि समर्थन गर्ने संकेत दिएको छ । दुई ठूला दल रिटको तयारीमा लागिरहेका बेला विघटित प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाले भने यो बाटोमा नलाग्न चेतावनी दिएको छ । रास्वपाका सभापति रवि लामिछानेले आइतबार पुनर्स्थापनाको पक्षमा आँखा नचम्काउन चेतावनी दिए ।

shyam-ghimire-mahesh-batraula-2.png

नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको पूरक रिट सोमबार दर्ता गर्ने तयारी गरेका छन् । कांग्रेस र एमालेको पुनर्स्थापनाको मागमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साथ दिने संकेत गरेको छ । पूर्व सांसदहरुको बहुमत संख्या (१३८) पुर्‍याएर पूरक रिट दर्ता गर्न लागिएको हो ।

पूरक रिट दर्ताका लागि कांग्रेसका सांसदहरुको हस्ताक्षर जारी रहेको छ । विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सोमबार पूरक रिट दर्ताको तयारी गरिएको जानकारी गराए । कांग्रेसका आठ सांसद र एमालेको तर्फबाट यसअघि संसद पुनर्स्थापनाको माग सहित रिट दायर भइसकेको छ ।

 

सम्बन्धित समाचार